काठमाडौं, भदौ १४ । भक्तपुर । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालको गृहमन्त्री बालकृष्ण खाँड र प्रधानमन्त्री कहाँ छन् भने जनताले खोजिरहेको बताउनुभएको छ ।
नेकपा एमालेको जिल्ला संगठन समिती भक्तपुरले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता बस्नेतले भारतीय एसएसवीले तुहिन काट्दा नेपाली युवा जयसिंह धामीको मृत्यु भएकोमा सरकार मौन बसेको भन्दै आक्रोस जनाउनुभयो ।
एक महिनासम्म पनि उक्त घटनाको छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न नसक्नु सरकारले गंभिर गल्ती गरेको उल्लेख गर्दै उहाँले सरकारले उक्त घटनाको छानविनको लागि बनाएको आयोगले के गर्यो भनि प्रश्न गर्नुभयो । अफगानिस्तानमा १५ हजार नेपाली अलपत्र परिरहेको र उक्त कार्यमा नेपालका मन्त्रीहरु नेपाली जहाज लिएर अफगानिस्तान जान किन नसकेको भनि प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘महाकाली नदिनमा भारतीय एसएसवीले तुहिन काटी नेपाली युवा जयसिंह धामीको मृत्यु भएको एक महिना भयो । १० दिनको भनि बनाएको आयोगले के गर्यो ? वर्तमान सरकार कहाँ छ ? गृहमन्त्री बालकृष्ण खाँड कहाँ छन्, प्रधानमन्त्री शेरबहादुर देउवा कहाँ छन् ? जनताले खोजीरहेका छन् । १५ हजार नेपाली अफगानिस्तानमा अलपत्र परिरहेका छन् । अमेरिका, भारतलगायतका मुलुकहरुले विशेष सेना लगेर फिर्ता गरिरहेको छ । नेपाली मन्त्रीहरु नेपाली जहाज लिएर अफगानिस्तान जाने हिम्मत किन गरिरहेका छैनन् ? यदी केपी ओलीको नेतृत्वमा सरकार भएको भए विगतमा झैं २४ घण्टामा उद्धार भइसक्थ्यो ।’













प्रतिक्रिया दिनुहोस्