जनता टाइम्स

१४ भाद्र २०७८, सोमबार ०९:३३

काठमाडौंसँगको मुख्य नाका नागढुङ्गा खुल्यो


काठमाडौं, भदौ १४ । लगातारको वर्षाका कारण पहिरो खस्दा बन्द भएको काठमाडौंसँगको मुख्य नाका नागढुङ्गा सडक खण्ड एकतर्फी रुपमा खुलेको छ ।
बिहान साढे ५ बजे नागढुङ्गा नजिकै चिसापानीमा पहिरो गएर बन्द भएको यो सडक केहीबेर अघिदेखि एकतर्फी खुलेको प्रहरीले जनाएको छ ।
एकतर्फी रुपमा सडक खुले पनि गाडी चापमा चलिरहेका प्रहरीले जनाएको छ । अहिले सडक दुईतर्फी नै खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ।