काठमाडौं, भदौ १४ । नेपाली कांग्रेसका नेता गगन थापाले आसन्न महाधिवेशनमा आफूले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आज काठमाडौंको आफ्नो निर्वाचन क्षेत्रमा आयोजित एक कार्यक्रमकाबीच थापाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।
‘हामी १४ औं महाधिवेशनको प्रारम्भमा छौं,’ थापाले भन्नुभयो, ‘मैले यो भन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेँ । मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १ ४ औं अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु ।’ नेपाली कांग्रेसले मंसिर ९–१३ मा १४ औं महाधिवेशन गर्ने घोषणा गरेको छ।
थापा यसअघि पनि महामन्त्रीमा उम्मेदवार हुनुहुन्थ्यो । कांग्रेसको कृष्णप्रसाद सिटौलाको प्यानलबाट उठ्नुभएको थापा पराजित हुनुभएको थियो । यस पटक सर्वसम्मत रुपमा चयन हुने प्रयत्न गर्ने थापाले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्