काठमाडौँ, भदौ १५ । शक्तिशाली मन्त्रालय कसले पाउने भन्नेमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधब नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादब बीच विवाद उत्पन्न भएको छ। सत्ता गठबन्धनमा कुन दललाई कति र कुन मन्त्रालय दिने भन्नबारे टुंगो लगाउन नसकेर शीर्ष नेताहरु त्यसको सहमतिमा नपुगी उठेका छन्। मंगलबार बिहान बालुवाटामा भएको बैठकमा सहभागि एक नेताका अनुसार समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफ्नो पार्टीलाई दिनु पर्ने माग गर्नुभएको छ ।
तर जसपाका अध्यक्ष उपेन्द्र यादवले त्यसमध्ये एक समाजवादीलाई, एक मन्त्रालयल आफूलाई मिल्नु पर्ने अडान राख्नुभएको छ । शक्ति सन्तुलन मिलाउने हो भने यी दुवै मन्त्रालयल समाजवादीलाई दिन नहुने तर्क यादवले अघि सारेपछि नेपालले त्यसमा असहमति जनाएका थिए। त्यसपछि फेरि यसबारे छलफल गर्ने भन्दै नेताहरु बैठकबाट उठेका छन्। तर जसपाका अध्यक्ष यादवले गठबन्धनको सरकार सञ्चालनमा शक्ति सन्तुलन महत्वपूर्ण भएकाले त्यसैअनुसार आफूहरुले मन्त्रालयल पाउनु पर्ने अडान लिनुभएको बताईएको छ । कांग्रेसले प्रधानमन्त्रीसहित दुई मन्त्रालय लिइसकेको छ।
माओवादीले पनि दुई मन्त्रालय लिइसकेको छ। अब कसलाई कति र कुन मन्त्रालय दिने भन्ने विषयको छिनोफानो गर्न पनि सत्ता गठबन्धनका नेताहरु असफल भइरहेका छन्। मंगलबार आफूहरु चार शीर्ष नेताहरु बसेर यसबारे टुंगो लगाउने दाबी प्रचण्डले सोमबारको आफ्नो पार्टी स्थायी कमिटी बैठकमा ‘बिफ्रिङ’ गर्नुभएको थियो । देउवाले प्रधानमन्त्रीको सपथ खाएको डेढ महिना बित्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन । मन्त्रालयको भागबण्डा टुंगो लाग्न नसक्दा दलहरुले कसलाई सरकारमा पठाउने भन्नेबारे पनि टुंगो लगाउन सकेका छैनन्।













प्रतिक्रिया दिनुहोस्