काठमाडौं, भदौ १५ । माधव नेपाल अध्यक्ष रहेको नेकपा एकृकित समाजवादी पार्टीमा जाने घोषणा गर्नुभएका एमाले उपाध्यक्ष वामदेव गौतमलाई एमालेले पनि जिम्मेवारीविहीन अवस्थामा राखेको छ । वामदेव पत्नी तुलसा थापा नेकपा एसले निर्वाचन आयोगबाट मान्यता पाउने दिन सनाखतका लागि निवेदन लिएर गए पनि कार्यालय समय सकिएको भन्दै दर्ता भएको थिएन ।उहाँ कानूनी रुपमा एमालेकै सांसद रहनुभएकाृ छ ।
यता गौतमले माधव नेपालसँग उपप्रधानमन्त्रीसहित गृहमन्त्री मागेको र सहअध्यक्ष चाहिने भनेको चर्चा चलिरहेको बेला गौतमले भने विचारमा कुरा नमिलेको बताउनुभएको छ । गौतमले आफू निकट कार्यकर्तासँग जनताको वहुदलीय जनवाद नमान्ने हो भने आफू माधव नेपालसँग नजाने बताउनुभएको हो । गौतमलाई उदृत गर्दै ती एक कार्यकताले भन्नुभयो अहिले वामदेवले मन्त्री माग्यो, दुई अध्यक्ष हुनुपर्छ भन्यो भनेर प्रचार गरिएको छ । खासमा मैले जबज नमान्ने हो भने साथ दिन सक्दिन । अहिले झलनाथ र माधव नेपालले जबज त्यागेको देखियो, त्यसो हो भने उहाँहरुसँग जान सकिन्न ।
गौतम निकटका बाँकी रहेका केही केन्द्रीय सदस्यहरु भने माधव नेपालको पार्टीमा समावेश भइसक्नुभएको छ । । गौतम एमालेभित्र जबजका पक्षधर मानिनुहुनछ । उहाँले नेकपाकालमा पनि जबजको वकालत गर्नूभएको थियो ।
जबज नमाने नेकपा (एस) पार्टीमा वामदेव गौतम नजाने













प्रतिक्रिया दिनुहोस्