जनता टाइम्स

१६ भाद्र २०७८, बुधबार ०९:२५

नेकपा (एस) मा खुलेका बागमती प्रदेशका सामाजिक विकासमन्त्री खनालद्धारा राजीनामा


मकवानपुर, १६ भदौ । बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णशर्मा खनालले राजीनामा दिनुभएको छ । एकीकृत समाजवादीका लागि हिजो सनाखत गरेका उहाँले आज विहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष राजीनामा बुझाउनुभएको हो ।

उहाँ एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत हुनुहुन्छ । शाक्य नेतृत्वको सरकारलाई काम गर्न सहज होस् भनेर आफूले पदबाट राजीनामा दिएको खनालले बताउनुभयो ।