जनता टाइम्स

१६ भाद्र २०७८, बुधबार १२:३७

सांसद र जनप्रतिनिधि जोगाउन लोसपाका शीर्ष नेता जनकपुर


काठमाडौं, १६ भदौ । शेरबहादुर देउवा सरकारले अध्ययादेशमार्फत राजनीतिक दल तोक्ने अधिकार स्थानीय जनप्रतिनिधिलाई दिएपछि आफनो पार्टीका नेता जोगाउन लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु काठमाडौंबाट जनकपुर प्रस्थान गर्नुभएको छ । जनता समाजवादी पार्टीबाट अलग भएको महन्थ ठाकुर नेतृत्वको लोसपाले आफना प्रदेश सांसदसहितका जनप्रतिनिधिहरुलाई रोक्न भन्दै शीर्ष नेताहरु जनकपुर प्रस्थान गर्नुभएको हो ।

‘सरकारले अध्यादेशमार्फत दल रोज्न अधिकार दिएपछि साथीहरूसँग कुराकानी गर्न जनकपुर जान लागेका हौं’, शरदसिंह भण्डारीले भन्नुभयो । उहाँकाअनुसार अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरु आज जनकपुर पुग्नुभएको हो । प्रदेश २ मा प्रभावशाली रहेको तराई मधेस केन्द्रीत राजनीतिक दल जसपा नेपाल र लोसपाबीच प्रदेश सांसद र स्थानीय जनप्रतिनिधि तानातान गर्ने कार्यले तीव्रता पाएको छ ।