जनता टाइम्स

१६ भाद्र २०७८, बुधबार १७:२४

दैलेखमा जिल्ला कमिटी सदस्यसहित आधा दर्जन माओवादी एमालेमा


दैलेख, १६ भदौ । नेकपा माओवादी केन्द्र जिल्ला कमिटी दैलेखका सदस्य भक्त थापा मगर र दयाराम विश्वकर्मासहित आधा दर्जन नेता–कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ । एमाले जिल्ला कमिटी दैलेखले आज आयोजना गरेको जिल्ला भेलामा उहाँहरु माओवादी त्यागेर एमालेमा प्रवेश गर्नुभएको हो । एमाले प्रवेश गर्दै नेता विश्वकर्माले भन्नुभयो– नेकपा एमालेको नीति, विचार र सिद्धान्त सही लाग्यो, देशमा एमालेबाहेक अरुले समृद्धि ल्याउन नसक्ने बुझेर एमाले प्रवेश गरेको हुँ ।
गत स्थानीय तहको निर्वाचनमा माओवादीबाट वडा अध्यक्षका उम्मेदवार समेत रहेका विश्वकर्मा आज एमाले प्रवेश गरेसँगै आठबीस नगरपालिकामा एमाले थप बलियो भएको नगरप्रमुख खड्गराज उपाध्यायले बताउनुभयो ।