जनता टाइम्स

१७ भाद्र २०७८, बिहीबार १५:४०

एनआरएनएको अध्यक्षमा तीन जनाको उम्मेदवारी


काठमाडौं, १७ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिको आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिने भएका छन् । रविना थापा, बद्री केसी र कुल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । थापा र आचार्य प्रजातान्त्रिक समूहका हुन् भने केसी एमाले केपी ओली समूहको हुनुहुन्छ ।

अध्यक्षकी उम्मेदवार थापाले आफू आइसीसीको अध्यक्षमा योग्य भएकाले उम्मेदवार दिने बताउनुभयो । विश्वभरका नेपाली युवा तथा महिलाको साथ र समर्थनमा आफूले उम्मेदवारी दिन लागेको उहाँको भनाइ छ । तीन उम्मेदवारमा तुलनात्मक रुपमा बलियो मानिएकी अमेरिका निवासी थापा आईसीसी २०१९ देखि २०२१ को उपाध्यक्ष हुन् । त्यसअघि थापा २०१५ देखि २०१७ अमेरिका एनसीसीको उपाध्यक्ष हुनुहुन्थ्यो ।