काठमाडौं, १७ भदौ । आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका युवा नेता गगन थापा रामचन्द्र पौडेल समूहमा खुल्नुभएको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा थापा मञ्चमा देखिनुभएको थियो ।
१३औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिनुभएको थापा सो समूह छाडेर पौडेल समूहमा प्रवेश गर्नुभएको हो । गत महाधिवेशनमा उहा डा.शशांक कोइराला र अर्जुननरसिंह केसीसँगै महामन्त्रीमा उठ्नुभएको थियो । केसी शेरबहादुर देउवा पक्षबाट महामन्त्रीमा उठ्नुभएको थियो ।
केसी पनि अहिले पौडेल समूहमै रहनुभएको छ । आफूलाई महामन्त्रीमा उम्मेदवार बनाए पनि देउवाले कोइरालासँग साँठगाँठ गरेर आफूलाई महामन्त्रीमा हराएको भन्दै केसीले देउवाको साथ छाड्नुभएको हो । अब पौडेल समूहमा केसी, थापा र कोइराला सँगै भएका छन् ।













प्रतिक्रिया दिनुहोस्