चितवन, भदौ १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाललाई झट्का लागेको छ । उहाँको मातहतमा रहेको अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेपछि झट्का लागेको हो । भरतपुर महानगरपालिका मातहतमा रहेको भरतपुर अस्पतालमा अख्तियारले छापामारेको हो । दाहाल महानगरपालिकाकी मेयर हुनुहुन्छ।
अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमितताको उजुरी परेपछि अख्तियारको टोलीले छापामारी गरेको हो । अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट उपसचिव विष्णु प्रसाद सापकोटासहित ५ जनाको टोली पुगेको छ । टेन्डर सहभागी नै नभएको फर्मबाट औषधि खरिद गरेको, फार्मेसीका तर्फकालाई नदिएर सिएमएलाई प्रमुखको जिम्मेवारी दिएको, न्युनतम औषधि समेत उपलब्ध नगराएको लगायतको उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ ।
अयोगको हेटौंडा स्थित कार्यालयका प्रवक्ता समेत रहेका सापकोटाले अनुसन्धानका लागि आवश्यक कागजात नियन्त्रणमा लिने काम भइरहेको बताउनुभयो । ‘अस्पतालको फार्मेसीमा अनियमितता भएको उजुरी परेको थियो, अनुसन्धानका लागि आवश्यक कागजात जुटाउन अस्पतालमा छौं,’ उहाँले भन्नुभयो, ‘ लेखा शाखाबाट आवश्यक कागजात लिन्छौं, फार्मेसी र औषधिको मौज्दातको अवस्था बुझ्छौं ।’ अनियमितताको उजुरी परेपछि वीरगञ्जको नारायणी अस्पतालको फार्मेसीका बारेमा समेत अख्तियारले अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया दिनुहोस्