जनता टाइम्स

१८ भाद्र २०७८, शुक्रबार ०८:५१

विहानै भेटियो बागमतीमा युवकको शव


काठमाडौ, १८ भदौ । बागमती नदीमा एक युवकको शव भेटिएको छ । काठमाडौंको मिनभवन र कोटेश्वरको नजिक बागमती नदीको बीचमा आज बिहान शव भेटिएको हो । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायव उपरीक्षक मिन लामाले शव काभ्रे सारदाबतासे–४ का ३८ वर्षीय विक्रम तामाङको भएको जानकारी दिए ।

बाहिरी शरीरमा चोटपटक केही नदेखिएको र छाती फुलेको अवस्थामा नदीको बीच भागमा शव भेटिएको लामाले बताउनुभयो । उहाँको साथमा भेटिएको सवारी चालक अनुमति पत्रका आधारमा पहिचान भएको लामाले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको लामाले बताउनुभयो । शव प्रहरीले नै देखेको थियो ।