जनता टाइम्स

४ असार २०७६, बुधबार १४:०४

प्राकृतिक रुपमा सुन्दर नेपाललाई प्रविधिको माध्यमबाटै आधुनिकिकरण गर्छाै‌ं: प्रधानमन्त्री ओली


काठमाडौं, असार ४ 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सबै क्षेत्रलाई प्रविधीको माध्यमबाट आधुनिकिकरण गर्न लागेको बताउनु भएको छ । नमुना मालपोत कार्यलय कलंकी घोषणा कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले प्रविधिले सेवामा सहजता, तिब्रता, पार्दशिता हुने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले वर्षौ पुराना कागजात स्क्यान गरेर राखिसकेको भन्दै सबैको सम्पत्ति अनलाइन सुरक्षित भएकोको बताउनु भएको छ । ‘यो राष्ट्रिय आकांक्षा मैत्रि छ’ उहाँले भन्नुभयो ।

‘भौगलिक,संस्कृतिक रुपमा उत्कृष्ट नेपलमा प्रविधिको उच्चतम प्रयोग गर्न सक्यौ भने आधुनिकिकरण गर्न सक्छौं’, उहाँले ‘प्रकृतिक रुपमा सुन्दर नेपालमा विकासको वातावरण तयार पार्न सक्यौ भने छिट्टै नै समृद्ध हासिल गर्न सक्छौं।’

उहाँले प्रविधि भित्राएर मात्र नहुँने भन्दै यसलाई कसरी सञ्चालन गर्ने भन्ने ठुलो रहेको बताउनु भएको छ । प्रधानमन्त्री ओलिले सबैलाई आधुनिकिकरणको लागि प्रविधिको प्रयोगमा जोड दिनुभयो ।

उहाँले उद्घाटन गरेको कलंकिको मालपोत कार्यलय पूर्णरुपमा अनलाईन सिस्टममा गएको छ । सेवालाई चुस्त दुरुस्त बनाउनको लागि एकल सेवा केन्द्र, टोकन प्रणाली, ओपन अफिस सिस्टमको व्यवस्था गरिएको छ ।

मालपोत कार्यलयलाई भष्ट्रचारमुक्त बनाउनको लागि सिसिटीभी र अनलाइन प्रणाली ल्याइएको हो । दुई वर्ष भित्र देशभरका मालपोत कार्यलयमा यो सिस्तटम लागु हुने सरकारले जनाएको छ ।