जनता टाइम्स

१८ भाद्र २०७८, शुक्रबार २१:५२

राँझा विमानस्थलबाट चार किलो सुनसहित दुई पक्राउ


बाँके, भदौ १८ । जिल्ला प्रहरी कार्यालय बाँकेले चार किलो २१।४९ ग्राम सुनसहित दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा खादुनावारी गाविस–६ बस्ने अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङ गाविस(२ बस्ने बुद्दीमान खाती रहेको प्रहरीले जनाएको छ । काठमाडौं बाट नेपालगञ्ज आएको श्री एयर लाएन्सको फ्लाईट नं एसएचए ४३३ नं को प्लेनबाट दिउसो दुई बजे उनीहरु नेपालगञ्ज उप-महानगरपालिका–२० स्थित राँझा एयरपोर्टमा ओर्लेका थिए ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार दिउसो तीन बजे नेपालगञ्ज विमानस्थलको आगमन कक्ष बाहिरपट्टि शंकास्पद रुपमा रहेको अवस्थामा प्रहरी टोलीले उक्त सुन फेला पारेको थियो ।