काठमाडौँ, भदौ १८। उपत्यका प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसँगै रात्रीकालीन व्यवसाय सञ्चालनमा आएका छन् । कोरोना भाइरस संक्रमणको जोखिम कम भएको निष्कर्षसहित बिहीबारदेखि लागू हुने गरी निषेधाज्ञा खुकुलो बनाइएको हो । निषेधाज्ञा खुकुलो पारिएसँगै रात्रीकालीन व्यवसायहरु डान्सबार, दोहोरी साँझ, क्लबहरुमा खुलेका छन् । रात्रि क्लबहरु खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटकले ठमेल, नयाँ बसपार्कलगायत क्षेत्रमा चहलपहल देखिएको छ । सोह्रखुट्टे प्रहरी वृत्तका अनुसार रात्रिकालीन व्यवसाय राति १२ बजेसम्म खुला गर्न पाउनेछन् । त्यस्तै रेस्टुरेन्ट, क्याफे, मदिरा पसलहरु भने राति ९ बजेसम्म खोल्न दिइएको छ ।
















प्रतिक्रिया दिनुहोस्