काठमाडौं, भदौ १९ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग कुनै सीमा विवाद नरहेको बताउनुभएको छ । काठमाडौंमा आज आयोजित कार्यकर्ता भेलामा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीले कसलाई खुसी पार्नका लागि सरकारले अध्ययन समिति गठन गरेको हो ? भनेर प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो,‘चीनसँग कुनै सीमा विवाद छँदै छैन । कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विवाद भनेर समिति बनाउनुपर्या ? कसलाई खुसी पार्न ?’
चीनसँग सीमा विवाद छैन भन्दै ओलीले थप्नुभयो,‘यो समितिले सीमा विवाद देखाओस् चुनौती दिन चाहन्छु ।’ यसअघि देउवा सरकारको मन्त्रिपरिषद्को बैठकले चीनले हुम्लामा नेपालको भूमि मिचेको भन्दै त्यसको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्