जनता टाइम्स

१९ भाद्र २०७८, शनिबार २०:२७

बारामा कांग्रेस र जसपाका १६५ युवा एमालेमा, महेश बस्नेतले गरे स्वागत


काठमाडौं भदौ १९  । बाराको जितपुरसिमरा उपमहानगरपालिकामा विभिन्न पार्टी परित्याग गरी १ सय ६५ जना नेकपा एमालेमा पार्टी प्रवेस गरेका छन् ।जसपा पार्टी परित्याग गरी लामो समयदेखि स्वतन्त्र रुपमा समाजसेवामा लाग्नु भएका नेता राजुराज गिरी सहित ठुलो संख्यामा युवाहरुले एमाले प्रवेश गर्नुभएको हो ।

पार्टी प्रवेश सगै गिरिले आफु सहित जीतपुर ७ नम्बर वडा बाट एमालेलाई रोज्ने सबैको तर्फबाट नेकपा एमालेलाई यस स्थानीय तहमा अझै सशक्त बनाउन आफनो पहल हुने प्रतिबद्धता ब्यक्त गर्नुभयो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा आयोजित पार्टि प्रवेश कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका इन्चार्च एवम नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले नेपाली कांग्रेस र जसपा पार्टी छाटेर आउनेलाई अबिर र मधेशको पहिचान गम्छा लगाएर नेकपा एमालेमा पार्टी स्वागत गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्रि बस्नेतले वर्तमान सरकार कुपोषण लागेको सरकार भएको बताउदै यस सरकारबाट जनताले कुनै आशा गर्न नहुने बताउनुभयो ।माधव नेपाल, प्रचण्ड र शेरबहादुर देउवाको साठगाठलाई मापसे सरकारको संज्ञा दिदै बर्तमानको सरकारले जनताको मनोभावनाको प्रतिनिधीत्व गर्न नसक्ने उनको भनाइ छ ।

उहाँले यस जीतपुर जस्तै देशैभरी नेकपा एमाले नै सहि हो भन्दै पार्टि प्रवेश गर्ने लहर चलेकोले परमादेशबाट हटाइएको नेकपा एमालेको सरकार जनादेशबाट पुनस् नेतृत्वमा आउने उद्घोष गर्नुभयो ।नेकपा एमाले जीतपुरका पुराना एवम अग्रज नेता मोजाहिर अंसारीको सभा अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य अच्युत मौनाली, प्रदेश नम्बर २ का अध्यक्ष ज्वाला साह, नेकपा एमालेका केन्द्रिय सदस्य एवम बारा अध्यक्ष बलबिर चौधरी, प्रेदश नम्बर २ का प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वतीदेबि चौधरी लगाएको नेता उपस्थित रहेको थियो ।