जनता टाइम्स

२० भाद्र २०७८, आईतवार १५:५१

पूजा गर्ने विषयले विवाद हुँदा झडप, घाइतेको हेलिकप्टरबाट उद्धार


जाजरकोट, २० भदौ । डोल्पामा गुम्बामा पुजा गर्ने विषयमा दुई समुहबीच झडप हुँदा एक महिलासहित चार जना घाइते भएका छन् । जिल्लाको छार्काताङसोङ गाउँपालिका अन्तर्गत वडा नं ४ कागकोटमा दुई समूहबीच झडप भएको हो । घाइतेमध्ये महिलाको अबस्था गम्भीर छ ।

झडपपछि भागदौडका क्रममा गाउँकार्यपालिका सदस्य पेमाछुजुङ रोकाया लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पामा प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिनुभयो । टाउकोमा चोट लागेर गम्भीर घाइते रोकायालाइ फिष्टेल यएरको हेलिकप्टरबाट जिल्ला अस्पतालमा ल्याएर प्रारम्भिक उपचार गरिएको थियो । टाउकोमा गम्भीर चोट भएकोले उहाँलाई काठमाडौं रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

घाइते अन्य तीनजनाको अवस्था सामान्य भएकाले अस्पतालमा उपचार भइरहेको छ । पाण्डेका अनुसार गुम्बाको पुजा एक समुहले पहिला गरेको भन्दै अर्को समुहले विवाद निकालेको थियो । विवादपछिको भागदौडमा रोकाया लडेर गम्भीर घाइते हुनुभएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।