झापा, भदौ २० । कनकाई नगरपालिका–७ विरिङ खोलामा आज आमा छोराको शव फेला परेको छ । उक्त शव विराटनगर घर भई हाल कनकाई नपा–८मा रहेको माइती घरमा बस्दै आउनुभएको ३८ वर्षीया उमा विक र अढाइ वर्षीय छोरा शिशिर रहेको प्रहरीले जनाएको छ ।
मोरङ सुनवर्षी नगरपालिका बस्ने श्रीमान् दिलीप लोहाको मृत्युपछि बच्चासहित माइतै बस्दै आउनुभएको उहाा शनिबार राति बच्चासहित आफन्तलाई थाहै नदिइ घरबाट सुटुक्क हिँडेको बताइएको छ । विक र बालकको शव विरिङ खोला किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताउनुभयो ।
विरिङ खोला किनारमा मान्छेको शव देखिएको जानकारी पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले आमा छोराको शव करिब एक किलोमिटरको अन्तरमा फेला परेको थियो । प्रहरीले विकले बच्चासहित खोलामा हाम फालेको हुनसक्ने आशङ्का गरेको छ ।













प्रतिक्रिया दिनुहोस्