जनता टाइम्स

२० भाद्र २०७८, आईतवार १७:२०

पूर्वप्रधानमन्त्री ओली नेपाल र भारतबीचको फुटबल म्याच हेर्न रंगशालामा


काठमाडौं, २० भदौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज नेपाल र भारतबीचको मैत्रिपूर्ण फुटबल खेल हेर्नुहुने भएको छ । उहाँले दशरथ रंगशालामै पुगेर नेपाल र भारतबीचको खेल हेर्नुहुने भएको हो ।अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा पनि नेपाल, बंगलादेश र कीर्गिस्तानबीचको त्रिदेशीय म्याच रंगशालामै पुगेर अवलोकन गर्नु भएको थियो ।नेपाल र भारतबीचको म्याच साँझ ५ः३० बजेदेखि सुरू हुँदैछ ।