जनता टाइम्स

२१ भाद्र २०७८, सोमबार १०:५९

रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु, दुई जना घाइते



​रोल्पा, २१ भदौ । रोल्पाकोे रोल्पा नगरपालिका–१० धबाङमा पहिरोले घर पुरिँदा दुई जनाको ज्यान गएको छ ।गएराति २ बजे घरमाथिबाट आएको पहिरोले पुरिँदा पूर्णबहादुर थापाकी श्रीमती ७० वर्षीया गौरी थापा र छोरीतर्फका नाति ५ वर्षीय हिमाल रोकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।पहिरोमा परेर थापाकी छोरी भीमकुमारी रोका र ज्वाइँ मनबहादुर रोका घाइते हुनु भएको छ । उनीहरुलाई उपचारका लागि डोकोमा बोकेर सदरमुकाम लिबाङ ल्याइँदै छ । पूर्णबहादुर थापा भने गोठमा सुतेकाले सकुशल​​ रहनुभएका प्रहरीले जनाएको छ । रुकुम चुनबाङ घर भएका थापाका छोरी ज्वाइँ विवाह भएदेखि माइतीमै बस्दै आएका थिए । पहिरोले थप दुई घरमा क्षति पुर्याएको प्रहरीले बताएको छ ।