जनता टाइम्स

२१ भाद्र २०७८, सोमबार ११:००

मेलम्चीको तीन ठाउँमा पहिरो, हेलम्बु सडक फेरि अवरुद्ध


सिन्धुपाल्चोक, २१ भदौ । अविरल वर्षासँगै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ र १३ को तीन ठाउँमा पहिरो खसेको छ । पहिराले हेलम्बु सडक फेरि अवरुद्ध भएको छ ।

मेलम्ची–१२ बाहुनेपाटी र १३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिलामा पहिरो खसेको हो । मेलम्ची इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले निरन्तरको वर्षाले पहिरो पन्छाउन नसकिएको बताउनुभयो ।