काठमाडौं, २१ भदौ . सत्तारुढ गठबन्धन नेकपा -एकीकृत समाजवादी_ निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध नगर्न गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिको विरुद्धमा थप आन्दोलन गर्ने चेतावनी दिएका छन् . भारतीय प्रधानमन्त्री मोदीको विरोध प्रर्दशन नगर्न भन्दै गृह मन्त्रालयले पटक–पटक सूचना जारी गरेपछि सत्तारुढ गठबन्धनको विद्यार्थी संगठन अखिलले सोमबार पनि मीनभवन, काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । ‘यो सरकारका मान्छेहरुले भारतीय तलब खान्छन् कि नेपालीको तलब खान्छन् < हिजोको गृह मन्त्रालयको प्रेस विज्ञप्तिले गम्भीर प्रश्न उठाएको छ,’ अध्यक्ष पराजुलीले eGg’eof], ‘जयसिंह धामी मारिँदा नबोल्ने < नेपाली भूमिमा भारतीय सैनिकको हेलिकोप्टर उड्दा नबोल्ने < तर, सोही घटनामा भारतीय प्रधानमन्त्रीको विरोधमा प्रदर्शन गर्दा कानुन लगाउने काम किन भयो < यस घटनामा गृह मन्त्रालयले माफी माग्नुपर्छ ।’
उxfFकाअनुसार सरकारले माफी नमागेसम्म निरन्तर विरोधका कार्यक्रम सञ्चालन हुनेछ, जसअनुसार आज अपरान्ह ४ बजे अखिलले मीनभवन काठमाडौंसहित देशैभरी प्रदर्शन गर्नेछ । ‘यो प्रेस विज्ञप्ति मात्रै होइन, नेपाली जनताको स्वाभिमानलाई मोदीको पाउमा सरकारले लगेर राखिदिएको छ, यो अपमान र लज्जास्पद घटना हो, यसमा सरकारले माफी माग्नै पर्छ,’ पराजुलीले अगाडी yKg’eof], ‘सत्तामा पुगेर जनविरोधी काम गर्न पाइँदैन, सरकारले त्यो विज्ञप्तिलाई अविलम्ब फिर्ता लिएर नेपाली जनतासँग माफी माग्नुपर्छ ।’
अखिलले गरेको विरोध प्रदर्शनमा माऊ पार्टी नेकपा -एस_ सँग कुनै सम्बन्ध नभएको पनि उxfFको भनाइ छ । ‘अखिल सदैव जनविरोधी कार्यको प्रतिपक्ष हो, हाम्रो पार्टीले के भन्छ < के गर्छ < त्यो अखिलले जान्दैन्,’ पराजुलीले eGg’eof], ‘तर, सार्वभौमसत्ता र नेपाली जनताको स्वाभिमानमा नै आँच आउने काम गर्नेलाई अखिलले छाड्दैन, सरकारले यसघटनामा अविलम्ब माफी मागोस् ।’ गत सातादेखि नै भारतीयद्धारा नेपाली भुमि अतिक्रमण र जयसिंह धामी मृत्यु प्रकरण विरुद्ध निरन्तर प्रदर्शनमा छ । सोही घटनालाई लिएर कुटनीतिक क्षेत्रमा दखल पर्ने भन्दै गृह मन्त्रालयले मोदी विरुद्ध प्रदर्शन नगर्न आइतवार प्रेस विज्ञप्ति जारी गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्