जनता टाइम्स

२१ भाद्र २०७८, सोमबार १२:०९

एक्कासी मध्यरातमा बाबुरामले भट्टराईले किन भने, एमसीसी कार्यान्वयन गरौं भनेर ?


काठमाडौं, भदौ २१ । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसीसी) पास गर्न सुझाव दिनुभएको छ । केही वर्षदेखी एमसीसी पास गर्न नहुने भन्दै आन्दोलन भइरहेको अवस्थामा मध्यराती बाबुराम भट्टराईले ट्विट मार्फत एमसीसी पास गरेर कार्यान्वयन हुनु पर्नेमा जोड दिनु भएको हो ।
उहाँले भन्नुभएको छ , ‘यसमा राष्ट्रिय सहमति गरौँ , उच्चस्तरीय राजनीतिक कूटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौं, चीनसँगका, पारवहन लगायत सम्झौता कार्यान्वयन गरौँ, अमेरिकीसँग चिठी आदानप्रदानसहित एमसिसी कार्यान्वयन गरौं। युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्रेछ भन्ने बुझौँ। जनता समाजवादी पार्टीका नेता समेत रहेका भट्टराईले एमसीसीको पक्षमा वकालत गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।