जनता टाइम्स

२१ भाद्र २०७८, सोमबार १७:३३

पछिल्लो २४ घण्टामा थप १ हजार ८९७ कोरोना संक्रमित थपिँदा १७४३ जना डिस्चार्ज


काठमाडौं, भदौ २१ । नेपालमा आज १ हजार ८९७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार सोमबार १५ हजार ९७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।११ हजार ६०९ जनाको पिसिआर र ४ हजार ३७० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।आज थप १ हजार ७४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यसको संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ। हाल सक्रिय संक्रमित ३० हजार ९७३ सय छन्।