काठमाडौं भदौ २२ । परमादेश बाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी केहि दिन भित्रै पारित गराउँनको लागी ज्यान दिएर लागि पर्नुभएको छ । सरकार बनेको २ महिना सम्म पनि मन्त्रीपरिषद सम्म विस्तार गर्न नसकेर लाचार भएका देउवाले एमसीसी पास गर्न भने दिलो ज्यान लगाएका लगाउनुभएको छ ।
चौतर्फी विरोधका बाबजुत अमेरिका र इण्डीया लाई खुशि बनाउँन मात्रै देउवाको मूख्य दाउ देखिन्छ । एमसीसीकै बिषयमा सत्तागठबन्धनमा गम्भिर खटपट सुरु भएको छ । एमसीसी पास नगरि मन्त्रीपरिषदनै विस्तार नगर्ने अडान प्रधानमन्त्री देउवाले लिनुभएको छ । यथास्थितीमा एमसीसी पास गर्न नसकिने अडान राखेको माओवादी केन्द्र र नेकपा एस देउवाको अडान पछि झस्किएको छ । उच्च स्रोतको दावी अनुसार प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरुलाई एमसीसी पास गराउँन सहयोग नगरे तुरुन्त संसद विघठन गरेर निर्वाचनमा जाने सम्मको चेतावनी दिनुभएको बताईएको छ ।
देउवाको चेतावनी पछि प्रचण्ड र माधव नेपाल चेपुवामा परेको दावी गरिएको छ । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार सहितको उच्चस्तरिय टिम नेपाल आउँने बेला सम्म एमसीसी बारे फाइनल गरि सक्ने मुडमा देउवा रहेको देखिन्छ । भदौ २३ गते देखी बोलाइएको संसदको अधिवेशनको सुरुमै एमसीसी पास गर्ने गरि तयारी गरिएको छ ।
एमसीसी पास गर्नकै लागी देउवा सरकारले देशभर सुरक्षा हाईअलर्ट बनाएको छ । हेरेक दिन जस्तो एउटा विज्ञप्ती जारी गरेर सरकारले जनतालाई आतंकित पार्ने काम पनि गरिरहेको छ । एमसीसी पास अनी मात्रै सरकारको अरु काम भन्दै देउवाले आफ्नो पोजिसन स्पष्ट पारेका छन् । सत्तागठबन्धनकै एउटा दल राष्ट्रिय जनमोर्चा नेपालले एमसीसीको विरोधमा सडक आन्दोलन घोषणा गरिसकेको छ भने अन्य दलले पनि अब कसरी अघि बढ्ने भन्नेमा आन्तरिक छलफल सुरु गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्