जनता टाइम्स

२२ भाद्र २०७८, मंगलवार १८:१८

राजेन्द्र राईको गृहजिल्ला आज अन्तिम दिन २ जना जनप्रतिनीधिले मात्र रोजे नेकपा एस


काठमाडौं, २२ भदौ । भोजपुरमा एक उपमेयरसहित एमालेका ६ जना जनप्रतिनिधिले नेकपा एकीकृत (एस) रोजेका छन् ।भोजपुर नेकपा एसका प्रभावशाली नेता राजेन्द्र राईको गृहजिल्ला हो । विभाजित दल रोज्न निर्वाचन आयोगले दिएको समय सीमा सकिने आज अन्तिम दिन भोजपुर नगरपालिकाकी उपमेयर ममिता राई, टेम्केमैयुङ गाउँपालिकाकी उपप्रमुख ईन्द्रावती राईले जिल्ला निर्वाचन कार्यालय पुगेर नेकपा एसमा सनाखत गर्नुभएको हो । एकीकृत समाजवादी रोज्ने अन्य जनप्रतिनिधिहरूमा भोजपुर ७ नम्बर वडा सदस्य राधिका तामाङ र षडानन्द नगरपालिकाका वडा सदस्य विशाल राई हुनुहुन्छ। त्यस्तै षडानन्द नगर कार्यपालिका सदस्यद्वय सुमन राई र गोविन्द विकले पनि एस पार्टी रोज्नुभएको छ ।