काठमाडौं, २३ भदौ । आजदेखि सुरु हुने संसदमा प्रस्तुत हुने विषयमा छलफल गर्न आज बिहान संसदीय दलको बैठक बोलाइएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
आज बिहान ९ बजे बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा आजको संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल केन्द्रित हुने भट्टराईले बताउनुभयो । नयाँ पार्टी (नेकपा एकीकृत समाजवादी) गठन गरेका माधव कुमार नेपालसहित १४ जनालाई सांसदबाट कारबाही गरिएको सम्बन्धमा सभामुखले ’आवश्यक पक्रिया’ अगाडि नबढाएको भन्दै एमाले रुष्ट बनेको छ।













प्रतिक्रिया दिनुहोस्