काठमाडौं, २३ भदौ । नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बुधबारको बैठक स्थगित भएको छ ।राष्ट्रियसभाको बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै यसले लोकतन्त्र र संविधानमाथि प्रश्न उठेको बताउनुभयो । यो विषयको निरुपण नभएसम्म बैठक चल्न नदिने उहाँले बताउनुभयो। त्यसपछि एमाले सांसदहरु सिटबाट उठ्नुभएको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधिसभाको समस्या प्रतिनिधिसभामा नै निरुपण हुने भन्दै राष्ट्रियसभा सञ्चालन गर्न दिन माग गर्नुभयो । तर एमाले सांसदहरु सिटमा उठिरहेपछि आधा घण्टाका लागि बैठक स्थगित गर्नुभएको छ ।
एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित













प्रतिक्रिया दिनुहोस्