काठमाडौं, भदौ २३। आजको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हंगामा मच्चाएको थियो । आक्रोसित एमाले सांसदहरुले चर्को नाराबाजी गर्दै बैठक संचालन गर्न पटक पटक अबरोध गरका थिए ।
महेश बस्नेत, गोकुल वास्कोटा ,सुर्य पाठक सहितका सांसदहरुले चर्किचर्कि नाराबाजी गर्नुभएको थियो । संसदमा एमाले सांसद सांसद गंगा चौधरीले गरको कामको भने यतिखेर निकै नै चर्चा भइरहेको छ । सभामुख अग्नी सापकोटाले दुई पटक सम्म बैठक स्थगित गरे पनि पछि पेलरै जाने नियतले गृहमन्त्रीलाई बालकृष्ण खाँणलाई अध्यादेश टेबुल गर्न समय देखी एमाले सांसहरु झन् उग्र बनेको थिए ।

यहि विचमा सांसद चौधरी भने रोस्टममै उक्लने प्रयास गर्नुभएको थियो । प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिन बुधबारको पहिलो र दोस्रो बैठक एमाले सांसदहरुले अवरुद्ध गरे । बैठकपछि सहमतिको प्रयासमा छलफल पनि भएको थियो, तर सभामुख अग्निप्रसाद सापकोटाले सहयोग गरे गर्नुस्, नगरे प्रक्रिया अघि बढाउँछु’ भनेको एमाले सांसदहरु बताउनुहुन्छ । तेस्रो बैठक सुरु हुनासाथ सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँडलाई राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्न समय दिनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवासँगै पहिलो लहरमा बसेका गृहमन्त्रीलाई रोक्न अघि बढेका एमाले सांसदहरुलाई मर्यादापालकले रोके । त्यसक्रममा एमाले सांसद गंगा चौधरी सत्गौवा भने रोष्टममै उक्लिने प्रयास गर्नुभएको थियो । एमालेका एक सांसदका अनुसार उहाले गृहमन्त्रीलाई जसरी पनि रोक्छु भन्नुभएको थियो ।
त्यही क्रममा उहाँले मर्यादापालकलाई धकेल्दै रोष्टममै उक्लिन खोजेको एक सांसदले बताउनुभयो । चौधरीले पनि त्यसलाई स्वीकार गर्नुभयो । ‘गुरिल्ला सभामुखलाई (बैठक अघि बढाउन) रोक्न सकिएन । गृहमन्त्रीलाई रोक्न खोजेको मर्यादापालक लगाएर छेकियो । त्यही आक्रोशमा गृहमन्त्रीलाई रोक्न प्रयास गर्दा धकेलाधकेल भयो,’ उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्