काठमाडौं, २४ भदौ । युरोपियन च्याम्पियनमा इटाली ३७ खेलमा अपराजित रहने पहिलो राष्ट्र बनेको छ । गएरातिको खेलमा लिथुआनियालाई ५–० गोल अन्तरले पराजित गर्दै इटालीले ३७ खेलको अपराजित यात्रा मात्र कायम राखेन, कीर्तिमान नै बनाएको छ । रोबर्टो मान्चिनिले एभर्टनबाट खेल्दै आएका मोइसे केअनलाई डेब्यू गराउदा २ गोल गरे ।
युभेन्ट्सबाट केअन लोनमा आएका हुन् । केअनले २ गोल गर्दा जिओभानी डे लोरेन्जो, गिआकोमो रास्पाडोरिले १र१ गोल गरे भने लिथुआनियाका एडगारस उत्कुसेले आत्माघाती गोल गरे । यसअघि इटालीले ब्राजिलको नाममा रहेको ३६ खेलको अपराजित यात्रा बराबर गरेको थियो ।
समूह ‘सि’ को अर्को खेलमा स्विजरल्याण्ड र आयरल्यान्डले गोलरक्षक बराबर खेल्दै अंक बाँडे । जितसँगै इटालीले समूह ‘सि’ बाट ६ अंकको अग्रता बनाएको छ । उसको ६ खेलबाट १४ अंक रहेको छ । ४ खेलबाट ८ अंक जोडेको स्विजरल्याण्ड दोस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्