काठमाडौं, भदौ २४ । राष्ट्यि खेलकद महासंघका बरिष्ठ उपाध्यक्ष एवं एमाले युवा नेता पर्शुराम बस्नेतले सर्वोच्च अदालतबाट सफाइ पाउनुभएको छ । न्यायाधीश दीपककुमार कार्की र टंक मोक्तानको इजलासले आज सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको मुद्दामा बस्नेतलाई सफाइ दिने विशेष अदालतको फैसला सदर गरेको हो।
विशेष अदालतले बस्नेतलाई २०७४ चैत २५ गते सफाइ दिएको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ११ करोड ४१ लाख अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा बस्नेतसहित पाँच जनाविरूद्ध २०७० जेठ ५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सर्वोच्च अदालत पुगेको लामो समयपछि बस्नेतले मुद्दामा सफाइ पाउनु भएको हो ।
बसनेतलाई तात्कालिन एमाले अध्यक्ष तथा हालका नेकपा एसका बरिष्ठ नेता झलनाथ खनालको पालामा फसाउने काम भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएकै कारण खनालले पार्टी सत्ताको दुरुपयोग गरी बस्नेतलाई फसाउने काम भएको थियो ।













प्रतिक्रिया दिनुहोस्