काठमाडौं, भदौ २४ । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । एमालेले तुलसीलाल प्रतिष्ठान च्यासलमा शुक्रवार शुक्रबार दिउँसो ४ बजे बैठक बोलाएको हो ।
बैठकमा दुई एजेन्डामा छलफल हुने एमालेले जनाएको छ । बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारी), चालू संसदमा पार्टीको भूमिकाका विषयमा छलफल हुने एजेण्डा रहेको छ ।













प्रतिक्रिया दिनुहोस्