जनता टाइम्स

२५ भाद्र २०७८, शुक्रबार ०७:५२

यस्तो छ ३ दिनको मौसम पूर्वानुमान


काठमाडौं, भदौ २५ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आगामी तीन दिन नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको प्रभाव रहेको र मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको छ ।

महाशाखाले आगामी तीनको मौसम पूर्वानुमानका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र आज राति देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी, शनिबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै भोली राति देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, आइतबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।