जनता टाइम्स

२५ भाद्र २०७८, शुक्रबार १२:५८

कुलमानविरुद्धको मुद्दाको सुनुवाई आज पनि स्थगित, यस्तो छ कारण


काठमाडौं, भदौ २५ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दाको सनुवाइ स्थगित भएको छ । कुलमानबिरुद्धको रिटको सुनुवाई आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा परेको थियो । घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेपछि पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्चमा दायर गर्नुभएको थियो ।

आफूलाई चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरिएको भए पनि हटाएको भन्दै शाक्यले पुनर्बहालीको माग गर्नुभएको छ । यो मुद्दा यसअघि पनि राणाकै इजलासले प्रारम्भिक सुनुवाइ भएको थियो। ८ भदौमा राणकाको एकल इजलासले घिसिङलाई कामकाजमा रोक लगाउने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

तीन दिनभित्र मन्त्रिपरिषद्को निर्णयका सक्कली फाइल झिकाएर पेश गर्न आदेश भएको थियो। सर्वाेच्च अदालतले रिट निवेदकको कानून ब्यवसायीको मागअनुसार आजको सुनुवाई स्थगित भएको जनाएको छ ।