जनता टाइम्स

२५ भाद्र २०७८, शुक्रबार १५:५३

वडाध्यक्षले नै तोडफोड गरे काठमाडौं महानगरको कार्यालय


काठमाडौं, भदौ २५ । काठमाडौं महानगरपालिकाको कार्यालयमा वडाध्यक्षले नै तोडफोड गरेका छन् ।

वडा नम्बर ५ का वडाध्यक्ष रमेश डंगोलले आज प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, प्रशासन विभाग प्रमुख महेश काफ्ले र उपप्रमुख युवराज खनालको कार्यकक्षको ढोकामा तोडफोड गर्नुभएको हा ।

वडाध्यक्ष डंगोलले इन्जिनियर सरुवाप्रति अससन्तुष्टि व्यक्त गर्दै तोडफोड गर्नुभएको हो । मेयर विद्यासुन्दर शाक्यले घटनापछि घटनास्थलको मुचुल्का उठाउन निर्देशन दिनुभएको छ ।