जनता टाइम्स

२५ भाद्र २०७८, शुक्रबार १७:०९

एमाले स्थायी कमिटी बैठक स्थगित, यस्तो छ कारण


काठमाडौं, भदौ २५ । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउसो ४ बजे बोलाइएको स्थायी कमिटी बैठक शनिबार बिहान ९ बजे बस्ने गरी स्थगित भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार सांसद रहेका नेताहरु प्रतिनिधिसभामा विरोध र नाराबाजीमा रहेकाले आज ४ बजेलाई निर्धारित बैठक शनिबार बिहान ९ बजे बस्नेगरि स्थगित हो । एमालेको विधान महाधिवेशनका प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको हो । स्थगनको सूचना आएपछि बैठकस्थलमा पुगेका नेताहरु फर्किनु भएको छ ।