जनता टाइम्स

२५ भाद्र २०७८, शुक्रबार २२:१२

निर्मम दमनमा उत्रियो देउवा सरकार, टर्च लाइट बाल्ने निहत्था प्रदर्शनकारीमाथि ताकीताकी लाठी प्रहार


काठमाडौं, भदौ २५ । शेरबहादुर देउवा नेतृत्वको सरकारले विरोधीमाथि तिब्र दमन थालेको छ । एमसिसीकी उपाध्यक्ष फातिमा नेपाल आएको मौका पारेर देउवा सरकारले विरोधीमाथि निर्मम दमन सुरु गरेको हो ।

राजधानीमा नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघले आज गरेको शान्तिपुर्ण विरोध प्रदर्शनमा प्रहरीले निर्मम दमन गरेको हो । काठमाडौंको नयाँ वानेश्वरमा सभापछि टर्च लाइट जुलुस गरेका युवा संघका कार्यकर्ता तथा सर्वसाधारणमाथि प्रहरीले लाठी प्रहार गरेको हो ।

युवा संघको सभा विथोल्न प्रहरीले सुरु देखि नै प्रयास गरेको थियो । त्यही देखेर संघका अध्यक्ष किरण पौडेलले आफ्नो भाषणमा दमन नगर्न, प्रदर्शन र सभा नबिथोल्न सरकारलाई चेतावनी दिनुभएको थियो । सभा लगत्तै नयाँ बानेश्वर चोकमा प्रहरीले हस्तक्षेप गरी टर्चलाइट जुलुस प्रदर्शन विथोलेको हो । देउवा सरकारले केही दिन अघि विज्ञप्ति प्रकाशित गरी विरोध गर्नै प्रतित्रन्ध लगाउने चेतावनी दिएको थियो । मुलुकको बिकाश रोक्न आएको देउवा सरकारले अव बिरोध गर्नेमाथि राणाकालीन दमन अघि बढाउने संकेत दिएको छ ।

देउवा सरकारले युवा संघका यस अघिका कार्यक्रममा पनि प्रहरी लगाएर दमन गर्दै आएको छ । आजको प्रदर्शनमा टर्च लाइट बोकेर देउवा सरकार हरायो, खोज्नुपर्छ भन्दै हजारौं युवाले प्रदर्शन गरेका थिए । प्रहरीले लाठी प्रहार गरेर टर्च लाइट जुलुस प्रदर्शन विथालेपछि नयाँ बानेश्वर क्षेत्र अशान्त बन्न पुगेको थियो । युवा संघले सरकारी दमनको कडा प्रतिवाद गर्ने घोषणा गरेको छ । ‘देउवा सरकारले अहिले हाम्रो प्रदर्शनमा हस्तक्षेप गरेर देखाएको नाङगो नाँच सारा विश्वले देखेको छ । अब यो अत्याचारी सरकारलाई हामी कडा जवाफ दिनेछौं,’ राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले भन्नुभयो ।