जनता टाइम्स

५ असार २०७६, बिहीबार ११:३१

चीनले नेपाली सेनालाई दुई अर्ब बराबरको सैनिक सहयोग गर्ने


काठमाडौं, असार ५

चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई साढे दुई अर्ब बराबरको सैनिक सहयोग दिने भएको छ।

चीन भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले यस सम्बन्धी प्रोटोकलमा बुधबार हस्ताक्षर गर्नुभएको छ ।

१ सय ५० मिलियन युआन दिने सैनिक सहायतामा आपतकालिन अवस्थामा प्रयोग गर्न मिल्ने पुल, बम डिस्पोज गर्न प्रयोग हुने सामाग्री र उद्दार सामाग्री हुनेबताइएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सैनिक सहयोग अन्तर्गत विभिन्न सैन्य सवारीसाधन समेत सेनाले प्राप्त गर्नेछ।