जनता टाइम्स

२७ भाद्र २०७८, आईतवार २२:४५

माधवले नयाँ पार्टी गठन गरेसँगै बढ्यो एमाले प्रवेसको लहर, कांग्रेस-माओवादी त्यागेर ३० युवा एमाले प्रवेश


नुवाकोट, भदौ २७ । नेकपा एमालेबाट माधव नेपाल अलग भएसँगै विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुको लहर नै चलेको छ । यही क्रममा नुवाकोटमा ३० जना प्रभावशाली युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले नुवाकोटका नेता देबेन्द्र भण्डारीको पहलमा उनीहरू एमालेमा प्रवेश गरेका हुन् ।

नवप्रवेशी युवालाई नुवाकोट एमाले अध्यक्ष एवं बागमती प्रदेश कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले टिका तथा खादा लगाएर स्वागत गर्नुभयो । कार्यक्रममा एमाले नुवाकोटका सचिव काशी अधिकारीसहित नेताहरू नारायण घिमिरे, दीपक कार्की, रामनाथ खनाल, सुरेश भण्डारीलगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै राज्यमन्त्री मैनालीले नवप्रवेशी युवाहरूलाई एमालेले उचित स्थान दिने बताउनु भयो ।