दोलखा, भदौ २७ । आज साँझ भूकम्प गएको छ । दोलखाको नाम्दु केन्द्रबिन्दु भएर साँझ भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ८ बजेर ४१ मिनेट जाँदा दोलखाको नाम्दु केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का रामेछापलगायत जिल्लामा पनि महशुस भएको थियो । सो भूकम्प ०७२ सालको भूकम्पको पराकम्प रहेको केन्द्रले जनाएको छ । भूकम्पबाट भएको क्षतीको बिवरण भने आइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्