जनता टाइम्स

२७ भाद्र २०७८, आईतवार २३:३७

गोकुल बाँस्कोटाले एमाले भित्र्याए कांग्रेससहित विभिन्न पार्टीका दुई दर्जन प्रभावशाली युवा नेता


काभ्रे, भदौ २७ । नेपाली कांग्रेससहित विभिन्न पार्टी परित्याग गरी २ दर्जन प्रभावशाली युवा नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । मण्डनदेउपुर–११ जैसीथोकबाट विभिन्न पार्टी परित्याग गरी युवाहरू एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशी कार्यकर्तालाई पूर्वमन्त्री गोकुल बास्कोटाले एमालेमा स्वागत गर्नुभयो ।

प्रवेश गर्नेहरूमा जैसीथोकका सन्तबहादुर लामा, तलश लामा, किरण थापा, सुसन तामाङ, प्रेम तामाङ, सन्त तामाङ, कमल तामाङ, सुरज तामाङ, तिलक तामाङ, कालुमान तामाङ, कृष्ण तामाङ पासाङ तामाङ,धन बहादुर तामाङ, राजु तामाङ, सत्यमान तामाङ, गणेश तामाङ, तीर्थबहादुर तामाङ, हर्कबहादुर तामाङ, नारायण तामाङ रहनुभएको छ ।

नवप्रवेसीहरुलाई पार्टी सदस्यता सदस्यता प्रदान गर्नुभएको छ । बाँस्कोटाले देश र जनताप्रति उत्तरदायी भएर लाग्ने अठा्टसहित राजनीतिक भविष्य भएको पार्टी एमाले रोजेकोमा नवप्रवेसीलाई धन्यवाद पनि दिनुभयो ।