काठमाडौं, २८ भदौ । सभामुख अग्नि प्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली नजाने हुनुभएको छ । सभामुखले प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीलाई व्यक्तिगत पत्र पठाएर निम्ता गर्नुभएको थियो।आज दिउँसो बस्ने बैठकमा एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराईलगायतका नेता सहभागी हुने बताइएको छ । अध्यक्ष ओली सभामुखले बोलाएका कुनै बैठकमा जाने गर्नुभएको छैन ।सभामुखले आफू अध्यक्ष रहेको संवैधानिक परिषद् बैठक पटक–पटक प्रचण्डको निर्देशनमा बहिष्कार गरेको भन्दै ओली नेकपाकालदेखि नै सभामुखसँग असन्तुष्ट हुनुहुन्छ। एमालेले सदन अवरोध जारी राखेपछि सभामुखले निकासका लागि सर्वदलीय बैठक बोलाउनुभएको हो।
सभामुखले बोलाएको बैठकमा एमाले अध्यक्ष ओली नजाने













प्रतिक्रिया दिनुहोस्