जनता टाइम्स

२८ भाद्र २०७८, सोमबार १४:५६

कोमल वलीले राखिन सभामुख सापकोटा पदमा बस्नै अयोग्य रहेको प्रमाण


काठमाडौं, भदौ २८ । प्रमुख प्रतिपक्षी सांसद् कोमल वलीले सभामुख अग्निप्रसाद सापकोटालाई पदमा बस्ने अधिकार नभएको बताउनु भएको छ । राष्ट्रिय सभाको आजको दोस्रो बैठठको सुरुमै बोल्दै सांसद् ओलीले सभामुख सापकोटाले पक्षपातपूर्ण व्यवहार गरेका कारण राष्ट्रिय सभा बैठक पनि अवरुद्ध पारिएको बताउनुभयो ।

कुर्सी र पदको सम्मान गर्न नसक्ने सभामुखलाई कुर्सीमा बस्ने अधिकार नभएको वलीले बताउनुभयो । ‘जसले कुर्सीको महत्व बुझ्दैन, त्यस्ता व्यक्तिलाई कुर्सीमा बस्ने अधिकार हुँदैन, हिजो रामबहादुर थापा, लेखराज भट्ट हरुलाई एमालेको विश्वास छ भन्दा संसद् पद जाने, माधव नेपालहरुले पार्टीको ह्वीप उल्लंघन गर्दा पद रहिरहन मिल्छ ? एउटै दिमागभित्र दुईवटा चिन्तन ? एउटै जिब्रोमा दुईवटा बोली ? यस्ता व्यक्तिलाई संसदीय व्यवस्थाका कुनै पनि जिम्मेवारी दिनुहुँदैन,’ सांसद वलीले भन्नुभयो ।

उहाँले न्याय सबैलाई समान हुनुपर्ने पनि बताउनु भयो । ‘न्याय भनेको कसैलाई लागू हुने र कसैलाई लागू नहुने हुन सक्छ र रु यसले ल्याउने विकृतिलाई सभामुखले जिम्मा लिन सक्नहुन्छ ? खुट्टी हेरेरै पत्याइयो, व्यवहारले नै पत्याइयो,’ सांसद वलीले भन्नुभयो । सभामुख जस्तो गरिमामय पदलाई आँच पुर्‍याएको हुँदा सापकोटालाई सभामुख भएर बस्ने अधिकार नभएको उहाँको भनाई थियो ।