जनता टाइम्स

२८ भाद्र २०७८, सोमबार १८:५१

सभामुख कि असभ्यमुख ?


डा. बद्रीविशाल पोखरेल

नरपशु भनुँ भने मानिसको भाल
दिमागले चल्नु पर्ने नरसिंह चाल
भाषा भने मानिसकै बोली बतासे
जागिर खान बल्ल गाको एउटा गथासे ।

टाइसुटमा हुन्थ्यो कि भेडो नर क्यार
कम्मर मुनि मात्र चल्ने लवस्तरो यार
शरीरको पुछारमा मुख छैन कि
एउटै मात्र मुखबाट दुवै गर्छ कि ।

कुन मुखले बोलेको थाहा पाइन्न
सभामुखले बोलेपछि सरम हरण
ज्यानमारा अभियोगमा अदालतमा पेसी
देशको जग्गा सर्दु क्षेत्र खान खोज्छन बेची
उल्टै चोरी सिनाजोरी निहुँ खोज्छन बेसी ।

भेदभाव चरम गरी न्याय गरेँ भन्छन
हलाहल बिसभरी मुख आँआँ गर्छन
थुतुनाको बिस जति सबै झार्नुपर्छ
जरैसुद्ध विष वृक्ष छिटै उखेल्नु छ ।