जनता टाइम्स

२८ भाद्र २०७८, सोमबार २१:५५

एनआरएनएको चुनाव २० अक्टोवरमै हुन्छ, आवश्यक परे अदालत जान्छौं : अध्यक्ष पन्त


काठमाडौं, भदौ २८ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले संघको निर्वाचन अक्टोवर २० तारिखमै गर्ने बटमलाइन सुनाउनु भएको छ । परराष्ट्र मन्त्रालयले हस्तक्षेप गरी एनआरएनएको निर्वाचन सम्बन्धी प्रकृया रोक्न दिएको निर्देशनपछि अध्यक्ष पन्तले यस्तो घोषणा गर्नुभएको हो ।

एनआरएनको निर्वाचन अक्टोवर २० मा हुन्छ र हुनुपर्छ । तोकिएकै समयमा निर्वाचन गर्ने हाम्रो बटमलाइन हो, पन्तले भन्नुभयो । उहाँले सरकारसंग छलफल गर्ने निश्कर्ष नआए कानुनी उपचार खोज्ने घोषणा पनि गर्नुभयो ।