झापा, भदौ २९ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आउनु हुने भएको छ । बिर्तामोडमा आयोजना गरिएको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली झापा आउन लाग्नुभएको हो ।
पार्टी विभाजनपछि जिल्लाका कार्यकर्तालाई सम्बोधन गर्न अध्यक्ष ओली पहिलो पटक झापा आउन लाग्नुभएको हो । कार्यकर्ता भेलामा वडा अध्यक्षदेखि माथिल्लो कमिटीका नेता कार्यकर्ता सहभागी हुने कार्यक्रम छ ।













प्रतिक्रिया दिनुहोस्