काठमाडौं, भदौ २९ । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुन पाउनुपर्ने एमालेका दुई सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टको मुद्दामा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतले न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकेको हो ।
प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले निर्वाचन आयोगलाई विपक्षी बनाउँदै समाजवादी पार्टीमा आबद्ध हुन पाउनुपर्ने अन्तरिम आदेश माग गर्नुभएको छ । रिटमा आइतवार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मिरा खड्काको एकल इजलासले अन्तरिम आदेश दिनेरनदिनेबारे छलफल गर्न आज दुबै पक्षलाई बोलाउँदै त्यतिञ्जेल कारवाही नगर्न अन्तरिम आदेश दिएको थियो ।
आदेशअनुसार आज खतिवडा र सुवेदीको इजलासमा समाजवादीमा जान पाउने वा एमालेमै रहने भन्ने दुबै पक्षको सुनुवाइपश्चात छिनोफानो हुनेछ ।













प्रतिक्रिया दिनुहोस्