जनता टाइम्स

२९ भाद्र २०७८, मंगलवार १६:३९

सर्वाेच्चले दियो पाण्डे र भट्टको पक्षमा आदेश


काठमाडौं, भदौ २९ । सर्वोच्च अदालतले नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एस रोज्न पाउने गरी अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले आज यस्तो आदेश आदेश दिएको हो ।

पाण्डे र भट्टले आफूहरू नेकपा एसमा सनाखतका लागि आयोगमा जाँदा अवसर नदिइएको भन्दै रिट दायर गर्नुभएको थियो । अदालतले निवेदकले नेकपा एसमा आबद्ध हुने गरी भदौ ८ गते निर्वाचन आयोगमाा निवदेन गरी दिएको भन्दै उहाँहरूलाई दलमा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारवाही गर्न नगराउन आदेश अन्तरिम आदेश दिएको हो ।

पाण्डे प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ भने भट्ट राष्ट्रियसभा सदस्य हुनुहुन्छ ।