जनता टाइम्स

२९ भाद्र २०७८, मंगलवार १८:५०

टिकटक बनाउँदा युवती बेपत्ता


तनहुँ, भदौ २९ । तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक युवती बेपत्ता भएकी छन् । मंगलबार दिउँसो शुक्लागण्डकी नगरपालिका ८ लालिमकी पवित्रा लम्साल बेपत्ता भएकी हुन् ।

सोही वडाको सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा उनी नदीमा खसेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताउनु भयो । प्रहरीका अनुसार घटना हुँदा लम्सालसहित दुई जना साथी पनि थिए । लम्साल नदीमा खसेपछि प्रहरीलाई दिउँसो २ बजे खबर भएको थियो ।

नदीतर्फ जादै गर्दा लम्साललाई उनका साथीले चिच्याउँदै ‘नजा भनेको के’ भनेको सार्वजनिक एक भिडियोमा सुनिन्छ । बेपत्ता उनको प्रहरीले खोजी रहेको प्रहरीले जनाएको छ ।